१३ पुस, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले बताए ।








