१३ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् ।
सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।








