१३ पुस, काठमाडौं । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराह क्षेत्र एरियाबाट हतियार सहित १ महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट काफल डाँडा बस्ने-४१ वर्षीया उमा भुजेल रहेकी छिन ।
उनलाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको हो।
स्कुटीमा सवार गरी आईरहेका दुई जना उपर चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार रहेकी उमाको साथबाट मेड इन युएसए लेखेको रिभल्वर १ थान, गोली ५ थान र मोबाईल ५ थान फेला पारी बरामद गरिएको हो ।
स्कुटी चालक जिल्ला झापा दमक बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह पौडेल समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।








