१४ पुस, काठमाडौं ।  आज साेमबार सुनकाे भाउ स्थिर रहेकाे छ । चाँदीकाे भने बढेकाे छ ।

आइतबार ७३ हजार ३ सयमा काराेबार भइरहेकाे छापावाला सुन साेमबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, आइतबार तेजावी सुन तोलाकाे ७३ हजारमा कारोबार भएकोमा साेमबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे छ ।

चाँदीकाे मुल्य भने ५ रूपैयाँ बढेकाे छ । आइतबार ८ सय ८५ रूपैया रहेकाे चाँदीकाे मुल्य साेमबार ८ सय ९० रूपैया रहेकाे छ ।