१४ पुस, काठमाडौं । देशभरी चिसो बढीरहेका बेला आगामी बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना रहेको माैसमविदले जानकारी दिएका छन । बर्षा भए पछि केही दिन थप चिसो बढ्ने मौसम पुर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा कुहिरो र हुस्सु लागेको छ भने कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।

आगामि २४ घण्टाको आंकलन

पश्चिम तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।

मध्य तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।

पूर्व तराईःबाक्लो हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।