१४ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले अचम्मको निर्णय गरेको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङले सोमबार बिहान कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको परम्परालाई तोड्दै सभापति देउवाले बहुमतीय प्रक्रियामा गएर अचम्मको निर्णय गरेको टिप्पणी गरेका हुन् ।
“यसअघि जहिल्यै सहमतिमा निर्णय गरिने पार्टीको परम्परालाई तोडेर सभापतिले महुमतले निर्णय गर्नुभयो । यो अचम्म पर्दो निर्णय हो,” उनले भने, ‘लचक भएर अगाडि आउनुपथ्र्यो, सभापतिले त्यो सक्नु भएन । यसले पार्टीको हित गर्दैन ।”
नेता कोइरालाले आपसमा छलफल गरेर केही समयपछि सभापतिको उमेदवार घोषणा गर्ने पनि बताए ।








