१४ पुस, एजेन्सी । इराक र सिरियामा हिज्बुल्लाह सशस्त्र समूहका विरुद्ध अमेरिकी सेनाले गरेको सैनिक आक्रमणमा २५ लडाकुको मृत्यु भएको छ।
अमेरिकाले आफ्ना नागरिक विद्रोहीको रकेट आक्रमणमा मारिएको दुई दिनपछि ‘रक्षात्मक आक्रमण’गरेको दाबी गरेको छ।
इराकी सैन्य क्षेत्रमा भएको सो आक्रमणमा कम्तिमा ५५ जना घाइते समेत भएको इराकी सैन्य सुरक्षा स्रोतले जनाएको अलजजिराले जनाएकाे छ ।








