१४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउनका लागी नभएकाे बताएका छन ।

सामाजीक संजालमा लेख्दै उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकविरुद्ध खुलेर बोल्न आह्वान गरेका छन ।

कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सहन तयार रहेको तर जिस्क्याउने व्यक्तिलाई जेल पठाउन आफू तयार नभएको प्रस्ट्याउँदै विधेयकविरुद्ध आवाज बुलन्द पार्न आवश्यक रहेको बताएका छन् ।