१४ पुस, काठमाडौं ।  नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन्।

नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो।

सोलुखुम्बु सल्यान गाउँपालिका-१ का कोइरालाले शाखा प्रमुख हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको सिआइवीले जनाएको छ ।