१४ पुस, काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछी सुनसरी जिल्ला अदालतले गिरीलाई ३ लाख धराैटीमा छाेड्ने आदेश दिएकाे हाे ।
उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । र, मंसिर १६ गते पक्राउ परेका थिए । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।








