१५ पुस, काठमाडौं । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेकाले चिसो झनै बढ्न लागेको माैसम विभागले जानकारी दिएकाे छ ।
हाल जम्मु-कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा रहेकाे र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्नेछ।
यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्काहिमपात हुने, बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको माैसमविदले बताएका छन ।
उक्त प्रणालीका कारण बुधबार र बिहिबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने छ।
साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पुर्वानुमान रहेकाे छ ।
उच्च पहाडी र हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुनेछ ।
साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सर्वसाधारण लगायत सबैमा अनुरोध गरेकाे छ।








