१५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायकबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिएका छन ।
सो सडकखण्डको सोमबार अनुगमन गर्दै उनले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिएका हुन । मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहुँदै पनि व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र सडक पूर्णरुपमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन ।
उनले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउने, खाल्डाखुल्डी टाल्ने तथा साना आयोजना मात्रै नभई विकासका ठूला योजना शुरु गरिएकोको जानकारी दिए ।
उनले भक्तपुरको सूृर्यविनायक क्षेत्रमा तीन पुलको निर्माण गर्न, हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज र मनोहरा करिडोर निर्माण, वीर अस्पताल, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिनपर्ने बताए ।








