१५ पुस, काठमाडौं । आज मंगलबार सुन चाँदीकाे भाउ बढेकाे छ ।
साेमबार ७३ हजार ३ सयमा काराेबार भइरहेकाे छापावाला सुन मंगबार ७३ हजार ५ सय पुगेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।
यस्तै, साेमबार तेजावी सुन तोलाकाे ७३ हजारमा कारोबार भएकोमा साेमबार ७३ हजार २ सय मुल्यमा काराेबार भइरहेकाे छ ।
चाँदीकाे मुल्य १५ रूपैयाँ बढेकाे छ । साेमबार ८ सय ८५ रूपैया रहेकाे चाँदीकाे मुल्य मंगलबार ९ सय रूपैया पुगेकाे छ ।
यो भाउ अहिलेसम्मकै महँगो हो ।








