१५ पुस, काठमाडौं । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए ।








