१४ पुस, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशले समृद्धिको बाटो अवलम्बन गरेको बताउदै विभित्र परियोजनामा हुने ढिलासुस्ती क्रमिक रूपमा सुधार हुने बताएका छन ।

प्रेस संगठन नेपाल कञ्चनपुरले मंगलबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री बाँस्कोटाले वैदेशिक लगानी भित्रिरहेकोले सुखी नेपाली, समृद्ध नेपालको नारा छिट्टै पूरा हूने बताएका छन ।

उनले सरकारले देश निर्माणको प्रक्रियामा साथमा आउने जुनसकै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै प्रधानमन्त्रीले चाहे जुनसुकै बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए ।

साथै उनले सरकार विश्वसँग सँगै हिँड्न चाहेकाले भर्खरै विदेशी लगानी भित्र्याएको दाबी गरे ।