१४ पुस, काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय रुपेश बिश्वकर्मालाई ११३ ग्राम ९० मिलिग्राम नियन्त्रीत लागु औषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
झापाको रत्न सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ गरेको हो ।
बिश्वकर्माको साथबाट प्रहरीले १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
उनको साथबाट लागुऔषध बरामद भएसंगै उनि सुत्ने कोठामा खानतलासी गर्दा समसुङ पावर वैंक भित्र राखिएको ११२ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका बिश्वकर्माको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।








