१४ पुस, काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका-१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बिराटनगरको गोल्डेन अस्पतालमा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ








