१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रेमराज राईको निधन भएको छ।

नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापतिसमेत रहेका नेर्ता राईको ७२ बर्षको उमेरमा निधन भएको हो।

कजेलोको क्यान्सरबाट पीडित राइको उपचारका क्रममा मंगलबार बिहान मनमोहन मेमोरियल सामूदायिक अस्पतालमा निधन भएको हो।

राईको निधनपछि काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, नेताहरु डा प्रकाशशरण महत, दिलेन्द्र बढु लगाएत अस्पताल पुगी राइप्रति श्रद्धाञ्जली अर्पण गरे।