१४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन विधयेक नरोकिने बताएका छन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएका हुन ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्रीपरिषद्माा छ । भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी समेत दिए ।
कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन ।








