१५ पुस, काठमाडौं । किसानले आफ्नो उखु विक्री गरे वापत रकम भुक्तानी नपाएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ ।

चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरिब किसान र श्रमिक मर्कामा परेका छन् र किसान माथि अन्याय भएको कांग्रेसले बताएकाे छ

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै यस विषय प्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेकाे बताएका छन ।

यस विषय प्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ ।

विज्ञप्तिमा भनिएकाे छ ‘आन्दोलनमा रहेको किसानका मागहरुलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’