१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ ।

नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।