१६ पुस, काठमाडौं । अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ ।
सोहीअनुसार बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ ।
नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन बुधबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ ।








