१६ पुस, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ काे उद्घाटन कार्यक्रमलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार वैकल्पिक बाटाे प्रयाेग गर्न आग्रह गरेकाे छ । 

ठमेलबाट र्‍यालीसहित उद्घाटन समाराेहकाे समूह दिउँसोको समयमा दशरथ रङ्गशालासम्म जाने हुदाँ थापाथली, त्रीपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेकाे छ । 

साथै महाशाखाले सम्पूर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको जनाएकाे छ ।