१७ पुस, काठमाडौं ।  राष्ट्रियसभा सदस्यको उम्मेद्वार सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले आज टुंगो लगाउने भएका छन्।

उम्मेद्वार टुंगो लगाउन सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ भने प्रतिपक्षी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजे बोलाइएको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रदेशसभाका उम्मेदवारहरुको छनोट हुनेछ।