१७ पुस, धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु बताएका छन ।
नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उनले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु हो बताएका छन ।
उनले प्रदेशस्तरबाट मिडियाले पाउने सेवा पाउने गरी कानुन बनाइरहेको पनि उनले जानकारी दिए । ‘लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे-जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनुपर्छ भन्ने सोचेर ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएका छौं,’ मन्त्री बास्कोटाले भने ।








