१७ पुस, काठमाडाैं । पश्चिम र मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले वर्षा र हिमपात भैरहेको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । अहिले बैतडी, डडेलधुरा, डोटी, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङलगायतका जिल्लाको उच्च पहाडी क्षेत्रमा हिउँ र पहाडी क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पौष १७गते (बिहिबार)
दिउँसो : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपातको सम्भावना देखिन्छ ।