१७ पुस, काठमाडौं । सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराकाे अनुसार से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।
प्रहरीकाे अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खसेको हो। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्।








