१७ पुस, काठमाडौं ।  सरकारले सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त बिधेयकका बारेमा तथ्यलाई छोपेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन ।

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरु दर्ता गर्नेपर्ने भन्दै उनले प्रत्येक नागरिकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको बताए । यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्‌यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको बताए ।