१७ पुस, काठमाडौं ।  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ ।  बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो ।

गृहमन्त्री थापाले गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक खनाललाई रू. १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन ।

आर्थिक वर्ष २०७५/०७६ सम्म कायम नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ ।

यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट घोषित भएको थियो ।