१७ पुस, काठमाडौं । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ।
ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता भएका थिए।
ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो।
हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।








