१८ पुस, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचकका लागि आज विज्ञापन खोलेको छ ।
देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको संकेत सो विभागले दिएको छ ।
आजको गोरखापत्रमा यस सम्बन्धी विज्ञापन प्रकाशित भएको छ ।
सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा भनिएको छ ।








