१८ पुस, काठमाडौं ।  आज शुक्रबार सुनकाे भाउ बढेकाे छ ।

बिहीबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार
७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएकोमा आज शुक्रबार ताेलामा १ हजार बढेर ७४ हजार २ सय पुगेकाे छ ।

बिहीबार चाँदीकाे मुल्य ८ सय ९० रूपैयामा काराेबार भएकाेमा शुक्रबार ५ रूपैया बढेर ९ सयमा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।