१७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । 

यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए ।

प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।

प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भसुाल छन् ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई छन् ।

कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी छन् ।

सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

  राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।