२० पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका छन् ।

यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका थिए । तर, त्यसको भोलिपल्टै उनले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका छन् ।

यो प्रकरणसँगै दुई देशबीच चेतावनी र धम्कीको शृंखला चलिरहेको छ । मध्यपूर्वमा यो घटनाले अशान्ति निम्तिने खतरा बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।