२० पुस, काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार विहान ७ बजे घाँस काट्न अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर लड्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको छ भने अन्य थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अनुसन्धान टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।








