२० पुस, काठमाडौं ।  उदयपुरको कटारी नगरपालिका-६ चुहाडेबाट नियन्त्रीत लागुऔषध गाँजाको कारोवार गर्ने २ जनालाई पक्राउ गरिएको छ ।

घरमै भण्डारण गरी कारोवार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको २ केजी र देव कुमार राईको कोठाबाट १०० ग्राम गाँजा बरामद भएको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका-१० का १७ बर्षीय सुजन राउतलाई २५० ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।

गाँजा सहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।