एन्फाकाे सूचना तथा सञ्चार समितिमा ५ जना मनोनित

२० पुस, ललितपुर । अखिल नेपाल फुटबल संघ एन्फाले सूचना तथा सञ्चार समितिमा ५ जनालाई मनोनयन गरेको छ ।

अखिल नेपाल फुट्बल संघको सुचना तथा सञ्चार समितीको पौष १७ गते बसेको बैठकको निर्णय अनुसार संघको बिधानको धारा ५६ बमोजिम अखिल नेपाल फुट्बल संघको सुचना तथा सञ्चार समितीको सदस्य पदमा मनोनयन गरिएको संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

एन्फाको हरेक गतिबिधीलाई आम दर्सक स्राेता सामु पुराउन र एन्फाको सञ्चार समितीले कार्य गर्ने बताए । मनोनयन हुनेमा रेडियो काठ्मान्डु ९२.१ का स्टेसन म्यानेजर लोकप्रिय सञ्चारकर्मी चन्द्रमणा गौतम, अभय कुमार राई, विनोद ध्वज खड्का, मनोज थापा, र हेम राज राई रहेका छन् ।

कार्यक्रम दशरथ रंगशालकाे एन्फा सचिवालयमा भएको थियो । मनोनय न कार्यक्रम सञ्चार समितीका संयाेजक किरण राईको नेतृत्वमा भएको थियो ।

कार्यक्रममा एन्फाका महासचिब इन्द्र्मान तुलाधर ,एन्फाका मार्केटिङ म्यानेजर राजिब राज पौडेल ,एन्फा लिग प्रतियोगिता सद्स्य सुबास पुडासैनी लगायतको उपस्थिती रहेको थियो।

समितिको मुख्य उद्देश्य भनेको सूचनाको विकास र एन्फाका समाचारलाई सञ्चारकर्मी बीचमा पुग्न सहयोग गर्नु हो ।