२० पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ मात्र बस्ने निर्णय गरेको हो ।

यसअघि बसेको स्थायी कमिटी बैठकले पुस २३ का लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो ।

पार्टी एकीरणमा केन्द्रीय सदस्य पदको सपथ ग्रहणका लागि बसेयता नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन ।

पार्टी राष्ट्रियसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले बैठक सारिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिए ।

बैठकमा सभामुख निर्वाचनको विषयमा भने कुनै छलफल नै नभएको नेकपाले जनाएको छ ।