२० पुस, काठमाडौं ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ की १९ बर्षीया मन्दिरा अधिकारी तमोर नदीको किनारामा मृत फेला परेकी छन् ।

१७ गते देखि हराएर बेपत्ता भएकी अधिकारीलाइ ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले आठराई गाउँपालिका-६ स्थित फाक्चुवा दोभानमा मृत फेला पारेको हो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अनुसन्धान टोली खटि कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ ।

अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।