२० पुस, काठमाडौं । झापाको दमक नगरपालिका-५ क्याम्पस मोड अगाडी ट्रक र अटो टेम्पो ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
शनिवार राती पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतिय ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको मे १ ह ४९१९ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक दमक नगरपालिका-९ का ३९ बर्षीय हरी भुजेल र अटोमा सवार रहेका दमक-९ कै २४ बर्षीय सुरज शाहको घटनास्थलमा नै मृत्यु भएको थियो ।
दुर्घटनामा परी अटोमा सवार अन्य ३ जना घाईते भएका छन् । ट्रक र ट्रक चालक भारत दौलतपुर नगौली मलहरा औरङावाद बिहार बस्ने बर्ष २० को बिशाल कुमारलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।








