२० पुस, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ हरिण खोला जंगलबाट भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र बन रक्षकको संयूत गस्ती टोलीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बराहक्षेत्रकै ३२ बर्षीय प्रेम कार्की र ४५ बर्षीय बम बहादुर मगर रहेका छन ।
पक्राउ परेका यी दुबै जनाले घरमा बुन्दक लुकाई राख्ने र मौका छोपी जंगलमा गई शिकार खल्ने गरेको गोप्य सुचना पाएसंगै उनीहरु उपर निग्रानी बढाईपछी गत शुक्रबार १ थान भरुवा र १ थान खुकुरी सहित कार्की र मगरलाई हरिण खोला जंगल एरियाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई कानूनी कारवाही प्रकृया अगाढी बढाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।








