२० पुस, काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेकाे छ ।
बिरगंज महानगरपालिका वडा नं.८ बसपार्क स्थित होटल साह प्याराडाईजबाट चेकजाँच गर्ने क्रममा रियाज देवानलाइ नक्कली नाेटसहित पक्राउ गरेकाे हाे ।
उनकाे साथबाट २ हजारकाे ३ थान भारतिय नक्कली नोट बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले बताएकाे छ ।








