२० पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणमा गएका छन्।

थापा छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्।

चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।