२० पुस, काठमाडौं । प्रहरीले २१ किलो लागूऔषध र कारसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धनुषा मुख्यापट्टीका असोक कुमार यादव र मकवानपुर मनहरीका राज कुमार मोक्तान रहेका छन ।

उनिहरूकाे साथबाट प्रहरीले २१ किलो लागूऔषध गाँजा र गाँजा ओसार पसार गर्न प्रयाेग गरिएकाे भारतिय नंवर प्लेकाे कार बरामद गरेकाे बताएकाे छ ।

उनिहरूलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुरले जानकारी दिएकाे छ ।