२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रियसभामा एउटा प्रदेशबाट निर्वाचित हुने ८ पदमध्ये एक महिनापछि गण्डकी प्रदेशका अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ ।

अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाँराम पौडेल रहेका छन् ।

महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य रहेकी छन् ।