२१ पुस, काठमाडौं । सोमबार दिउँसोबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुने माैसम विभागले जनाएकाे छ ।

पश्चिमी उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेकाे विभागले जानकारी दिएकाे छ ।

यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।

यो प्रणाली शुक्रबार सम्मनै रहनेछ।बिहिबार र शुक्रबार देशभरसामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन माैसम विभागले अनुरोध गरेकाे छ ।

शनिबार बाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागकाे बुलेटिनमा उल्लेख छ ।