२१ पुस, काठमाडौं । आज साेमबार सुनकाे भाउ बढेकाे छ ।

आइतबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य साेमबार
७६ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै आइतबार तेजावी सुन तोलामा ७५ हजार २ सयमा कारोबार भएकोमा आज साेमबार ताेलामा ५ सय बढेर ७५ हजार ७ सय पुगेकाे छ ।

साेमबार चाँदीकाे मुल्यमा २० रूपैया बढेर ताेलाकाे ९ सय २० रूपैयामा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।