२१ पुस, काठमाडौं । भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारीहरुले आक्रमण गर्दा दर्जनौ विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् ।

आइतबार भएको आक्रमणमा परेर (जेएनयू) विद्यार्थी संघका अध्यक्ष ऐशी घोष लगायत थुप्रै विद्यार्थीहरु घाइते भएका छन् । 

नकाबधारी आक्रमणकारीहरूले विश्वविद्यालयभित्रका थुप्रै होस्टलहरुमा आक्रमण गरेका छन् ।