२१ पुस, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरूको भेला बोलाएको छ । भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने भएको छ ।

सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल र सिटौला पक्षका नेताहरूले चर्को विरोध गर्दै आएका छन् ।