२१ पुस, काठमाडौं । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने वर्ष २१ को अनुप तामाङ र पोखरा महानगरपालिका-२७ शिसुवा बस्ने वर्ष १९को विशाल परियार रहेका छन् ।

पोखरा महानगरपालिका-१३ काहुँखोला स्थित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध डाईजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरी जम्मा २८० एम्पुल लागूऔषध, मोबाईल २ थान र मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।